२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

हेरोइन सहित एक पक्राउ

जुम्ला– जुम्लामा सेतो र खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। चन्दननाथ नगरपालिका–७ जुगाडखोला नजिकैबाट तातोपानी ४ का २४ वर्षीय सुरेन्द्र बुढा पक्राउ परेका हुन्।

प्रहरीले निज बुढाबाट सेतो हेरोइन २४ डोज र खेरो हिरोइन २१ डोज सहित पक्राउ परेका हुन्। जुगाडखोलामा लागुऔषध बिक्री भइरहेको सूचना पाएपछि प्रहरीले खोजतलास गरेको थियो। प्रहरी सहायक निरीक्षक प्रेम रेग्मीका अनुसार जुम्लामा लागुऔषधको डिलर सञ्चालन गरेको पाइएको हो।  

जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिइएर अनुसन्धान भइरहेको जनाएको छ। पक्राउ परेका सुरेन्द्रले बयानमा लामो समयदेखि खलंगामा बाहिरबाट ब्राउन सुगर ल्याएर बिक्री वितरण गरेको उल्लेख गरेको प्रहरी सहायक निरीक्षक रेग्मीले जानकारी दिए। उनले प्रतिडोजको एक हजार रुपैयाँमा बिक्रीवितरण गर्दै आइराखेको खुलेको छ।

प्रहरी नायव उपरीक्षक गुरु विष्णु काफ्ले लागुऔषध ऐन अनुसार कारवाही हुने बताए। उनले भने जुम्लामा लागुऔषधको कारोबारी पत्ता लगाएर कारवाही प्रक्रिया बढाइने छ।

प्रकाशित: ६ कार्तिक २०७३ १०:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App