१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नगरप्रहरीद्वारा महिलामाथि हातपात

ललितपुर- लगनखेलमा दुई महिलामाथि ललितपुर उपमहानगरपालिका अन्तर्गतको नगर प्रहरीले हातपात गरेको छ। सई सुर्वण अवालेले बिहीबार बिहान सडकपेटीमा तरकारी बेचेको भन्दै काभ्रे घर भएकी मञ्जु तिवारी र मैया पाण्डेलाई हातपात गरेका हुन्। प्रहरीको कुटपिटबाट दुवैको ढाड र काँधमा चोट लागेको छ। सडकपेटीमा आलु बेच्न बसेका महिलालाई सोध्दै नसोधी प्रहरीले हातपात गरेको हो।

'सडकमा बेच्न राखेको तरकारी उठाउँदै थियौं, अकस्मात नगर प्रहरी आएर हात हाल्यो, अपरेसन गरेको जिउमा नहान्नुस् भन्दाभन्दै प्रहरीले जर्बजस्ती कुट्यो,' पीडित मैया पाण्डेले भनिन्।

तरकारी बेच्न बसेको समयमा प्रहरी आएर निर्धात कुटपिट गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन्।

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई नियमअनुसार कारबाही गर्ने नगर प्रहरीका डिएसपी कदमलाल महर्जनले जानकारी दिए।

प्रकाशित: ५ कार्तिक २०७३ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App