२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

चरेस र राइफलको गोलीसहित एक जना पक्राउ

रौतहट- रौतहटको सन्तपुरबाट चरेस र राइफलको गोलीसहित एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीको टोलीले ना३३प ७३५० नम्बरको मोटरसाइकलमा लुकाएर लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ पर्नेमा भसेरवा-६ का ४८ वर्षीय भुपेन्द्र महतो रहेको सशस्त्र प्रहरी उपरीक्षक भगवान मल्लले जानकारी दिए।

आवश्यक कारबाहीका लागि महतोलाई इलाका प्रहरी कार्यालय चन्द्रपुरमा बुझाइएको छ।

प्रकाशित: २६ आश्विन २०७३ ०९:३८ बुधबार

चरेस राइफलको गोलीसहित जना पक्राउ