इलाम- मंगलबारदेखि लगातार भइरहेको वर्षाका कारण मेची पहाडका जिल्लाको जनजीवन कष्टप्रद बनेको छ। दसैंको टीकाकै दिनदेखि पानी परिरहेका कारण टीका र आशीर्वाद लिन आफन्तकहाँ जानेहरुसमेत घरबाट निस्कन सकेका छैनन्।
मंगलबार दिउँसोदेखि बुधबार मध्याह्नसम्म इलाम, पाँचथर र ताप्लेजुङमा लगातार पानी परिरहेको छ। वर्षाले गाउँमा पहिरो झरिरहेको र खोलाहरुमा बाढी आएको स्थानीयले जनाएपनि पहिरोले कहाँ कति क्षति गर्यो भन्नेबारे विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित: २६ आश्विन २०७३ ०७:२४ बुधबार