४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपाल प्रहरीद्वारा निःशुल्क बससेवा संचालन

काठमाडौँ- दशैंका बेला यात्रुहरूको सुविधालाई ध्यानमा राखी दशैं अवधिभर बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्मका लागि तीन रुटमा नेपाल प्रहरीले निःशुल्क बससेवा आजदेखि सञ्चालन गरेको छ । 

उक्त सेवाअन्तर्गत पहिलो रुटको बस नक्सालबाट सुरु भई पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै पुनः नक्साल आइपुग्नेछ । 

यसैगरी, दोस्रो रुटको बस नक्सालबाट सुरु भई मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै पुनः नक्साल आइपुग्नेछ । 

साथै, तेस्रो रुटको बस नक्सालबाट सुरु भई जयनेपाल हल चोक, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजु चोक, नयाँ बसपार्क, तिलिङ्गेटार, नारायणगोपाल चोक, सुकेधारा चोक, रातोपुल हुँदै पुनः नक्साल आइपुग्ने प्रहरीले जनाएको छ । रासस 

प्रकाशित: २२ आश्विन २०७३ १३:४१ शनिबार

नेपाल प्रहरीद्वारा निःशुल्क बससेवा संचालन