६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

डिलक्स भनेर बढी भाडा असुल्ने पक्राउ

काठमाडौं— लोकल बसलाई डिलक्स भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरी कारवाही थालेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीले काठमाडौंमा लोकल चल्ने बा ३ ख ८४३८ नम्बरको बसलाई डिलक्स भन्दै काठमाडौं काँकडभिट्टाका लागि २४ जना यात्रुलाई टिकट बेच्ने दुईजना सहित चारजनालाई कारवाही थालेको हो।

वृत्तका डिएसपी नवराज अधिकारीका अनुसार फिपा, कोशी राजधानी, मेची यातायात एण्ड अटो, काठमाडौं पशुपति, विहानी र पाथिभरा यातायातका काउन्टरबाट प्रचलित भन्दा २० प्रतिशत बढी भाडा लिएर टिकट काटेका थिए।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरले ब्ल्याकमा टिकट बेच्ने एक जनालाई पक्रेको छ। प्रहरीले काठमाडौंबाट सिन्धुली जाने  बा.१ज ५७५२ नम्बरको टाटा सुमोको चार सय ३३ रुपैयाँको टिकटलाई सात सय रुपैयाँमा  बिक्री–वितरण गरिरहेका दिलीप परियारलाई पक्राउ गरेको हो।

‘लामो दुरीमा यात्राका लागि सम्बन्धित निकायबाट अनुमति नै नपाएको बसका लागि डिलक्स भन्दै यात्रु ठगेको भेटियो, थप अनुसन्धान हुँदैछ,’ डिएसपी अधिकारीले भने। उनका अनुसार घटनामा संलग्न मनोज खड्का र रमेश लामा पक्राउ परेको हुन्।

यस्तै मंगलबार मात्र महानगरीय प्रहरी प्रभाग कोटेश्वरले ब्ल्याकमा टिकट बेच्ने एक जनालाई पक्रेको छ। प्रहरीले काठमाडौंबाट सिन्धुली जाने  बा.१ज ५७५२ नम्बरको टाटा सुमोको चार सय ३३ रुपैयाँको टिकटलाई सात सय रुपैयाँमा  बिक्री–वितरण गरिरहेका दिलीप परियारलाई पक्राउ गरेको हो। परियारविरुद्द अनुसन्धान भइरहेको प्रभागले जनाएको छ।

प्रहरीले असोज १ यता सञ्चालन गरेको कारबाहीमा ४ विरुद्ध ठगी मुद्दा दर्ता गरेको छ। यस्तै, पाँच जनाविरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता गरेको काठमाडौं प्रहरीले जनाएको छ। प्रहरीले मंगलबारसम्म यात्रुसँग बढी भाडा लिने तीन सय चारजनाको भाडा फिर्ता गराएको जानकारी दियो।

 

प्रकाशित: १८ आश्विन २०७३ १३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App