२६ कार्तिक २०८१ सोमबार
image/svg+xml
समाज

वाणिज्य विभागबाट तीन जना बिचौलिया पक्राउ

प्रहरीले काठमाडौंको बबरमहलस्थित वाणिज्य विभागबाट तीन जना बिचौलिया पक्राउ गरेकाे छ। बुधबार दिउँसो प्रहरीले उनीहरुलाई वाणिज्य विभागबाट पक्राउ गरेको हो। 

वाणिज्य विभागमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गरी दिन्छु भनि रकम माग गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।  

पक्राउ पर्नेहरूमा उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ५१ वर्षीय क्षेत्र बहादुर खड्का, रामेछाप रामेछाप नगरपालिका-९ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-२ बस्ने ३४ वर्षीय राज लामा र उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भई भक्तपुर मधयपुर ठिमी नगरपालिका-१ बस्ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन्।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरीले सोधपुछ गर्ने क्रममा उल्टै प्रहरी कर्मचारीसँग विवाद तथा हो-हल्ला गरी अशान्ति सिर्जना गरे पछि उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूलाई अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद थप गरी प्रहरी वृत्त सिंहदरवारले अनुसन्धान गरिरहेको छ।  

प्रकाशित: ४ फाल्गुन २०७९ ०६:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App