८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

भैरहवा-बुधबार रुपन्देहीको लुम्बिनीमा भएको मोटरसाइकल दुर्घटनामा एकजना भारतीय नागरिकको मृत्यु भएको छ। एक बालक घाइते भएका छन्।

लुम्बिनी सांस्कृतिक नगरपालिका–५ महुवारीमा सडक छेउको कलर्भटमा ठोक्किएर मोटरसाइल दुर्घटना हुँदा भारतको सिद्धार्थनगर स्थित कक्रहवा बजारका सन्त गोपाल बर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

भारतीय बजार कक्रहवाबाट लुम्बिनी आउदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटनामा घाइते भएका बर्माको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा  मृतकका १० बर्षीय छोरा मनिष बर्मा घाइते भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ आश्विन २०७३ ०६:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App