२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

बैंकको २५ लाख रूपैयाँ लुटियो

पैसा लुटिएको गाडी र फुटाइएको सिसा । तस्बिर: अजित तिवारी

विराटनगर–विराटनगरको बी प्लटमा पार्किङ गरिएको एक गाडीबाट मंगलवार मध्यान्ह २५ लाख रूपैयाँ लुटिएको छ। नेपाल राष्ट्र बैंक विराटनगरबाट झिकिएको उक्त पैसा बैंकको गाडीको सिसा फुटाएर लुटिएको हो ।

 तेह्रथुमस्थित माउन्ट मकालु डेभल्पमेन्ट बैंकले राष्ट्र बैंकबाट पैसा झिकेर विराटनगरको गुदरीस्थित बी प्लटमा पार्किङ गरेर किनमेल गर्न निस्केको बेला २५ लाख रुपैयाँ लुटिएको छ।

 तेह्रथुमस्थित माउन्ट मकालु डेभल्पमेन्ट बैंकले राष्ट्र बैंकबाट पैसा झिकेर विराटनगरको गुदरीस्थित बी प्लटमा पार्किङ गरेर किनमेल गर्न निस्केको बेला २५ लाख रुपैयाँ लुटिएको छ। नगर प्रहरी कार्यालय, विराटनगरका डिएसपी संजयसिंह थापाले गाडीबाट पैसा लुटिएको खबर आएपछि त्यो एरियालाई सिल गरेर अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले उक्त गाडी जिल्ला प्रहरी कार्यालयमा झिकाएको छ।

‘गाडीको पछाडिको सिसा फुटेको छ,’ डिएसपी थापाले भने,‘हामीले अनुसन्धान गरिरहेका छौं।’ पैसा लुटिएको विराटनगरको अति व्यस्त ठाउँ हो। नजिकैको बुद्धहाट चोकमा प्रहरीको २४ घण्टा पहरा हुन्छ। ‘गाडीबाट पैसा लुटिएको भनिएको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी योगेन्द्रसिंह थापाले भने, ‘घटनाको डिटेल आइसकेको छैन, अनुसन्धान भइरहेको छ।’

पैसा लुटिएको घटनाको अनुसन्धान गरिरहेका एक डिएसपीका अनुसार कसले पैसा लुट्यो, उसको हुलिया कस्तो थियो, कसैले देखेको छैनन्। ‘हामी वरिपरिका पसले र सर्वसधारणसँग सोधीखोजी गरिरहेका छौं,’ उनले भने, ‘सुराग पाउन समस्या भइरहेको छ।’ बैंकको पैसा लुटिएको घटनालाई प्रहरीले ‘शंकास्पद’ तरिकाले पनि अनुसन्धान गरिरहेको जनाएको छ।

बि प्लटमा पार्किङ गरेर राखिएको को १ त ८०१९ नम्बरको गाडीबाट रकम लुटपाट भएको हो। गाडी चालक बीरबहादुर लिम्बुका अनुसार गाडीलाई पार्किङ गरेर ट्युबेलमा पानी पिउन जाँदा अज्ञात समूहले गाडीको सिसा फुटाई रकम लुटेका हो। डेभलपमेन्ट बैंकका चालक र अर्का एक कर्मचारी रकम निकाल्न विराटनगर आएका थिए।

 

प्रकाशित: ११ आश्विन २०७३ ०७:५१ मंगलबार

बैंकको २५ रूपैयाँ लुटियो