दार्चुला– चौलानी नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता भएका छन्। बैतडी जिल्लाको देउलेक गाविस वडा नम्बर ६ घर भइ हाल दार्चुलाको गोकुलेश्वर ५ मा बस्दै आएका २० वर्षीय गोकुल भट्ट नदीमा बगेर वेपत्ता भएका हुन्।
गोकुलेश्वर मावि गोकुलेश्वरमा कक्षा १२ मा अध्ययनरत भट्ट नुहाउने क्रममा बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ। बिहीबार साँझ नुहाउन नदीमा गएका भट्ट नदीमा बगेर बेपत्ता भएको र भट्टको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक बोधराज ओझाले बताए।
उनी पढाइको सिलसिलामा दार्चुलाको गोकुलेश्वर बस्दै आएका थिए। चौलानी नदीको तीव्र बहावका कारण बेपत्ता भट्टको उद्धार गर्न नसकिएको स्थानीयले बताएका छन्।
प्रकाशित: ६ आश्विन २०७३ १४:४८ बिहीबार