५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

चट्याङ लागेर १ को मृत्यु, ७ घाइते

दोलखा–    जुगु–६ च्यानडाडाँमा मलामी जाने क्रममा मंगलबार चट्याङ पर्दा जुगु–३ डाडाँगाउँ बस्ने २९ वर्षीय मोहनबहादुर कार्कीको मृत्यु भएको छ। ४० वर्षीय तुलबहादुर जिरेलसहित ७ जना घाइते भएका छन्।

घाइतेहरुलाई उपचारको लागि काभ्रे–३ मैनापोखरी स्थित दाहाल मेडिकलमा लगिएको छ। घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ।

प्रकाशित: ४ आश्विन २०७३ १२:१९ मंगलबार

चट्याङ लागेर को मृत्यु घाइते