१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

कालिकोटमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

कालिकोटको तिलागुफा नगरपालिकामा गाल्जेमा सत्यदेवीको मेला हेर्न जाने क्रममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने दुईजना घाइते भएका छन्।

भे १ ह ५९२२ नम्बरको अटो खल्लागाडको तल्लो मोडमा दुर्घटना हुँदा जुम्लाको हिमा गाउँपालिका ४ का बिर्ख बहादुर शाहीको घटनास्थलमै मृत्यु भएको हो। घाइते हुनेमा उनकी पत्नी र छोरी रहेकी छिन्।

उक्त अटोमा चालकसहित ४ जना सवार थिए।

प्रकाशित: २० माघ २०७९ १६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App