२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

आधा भूकम्प पीडितले पाए पहिलो किस्ता

सिन्धुपाल्चोक- गत वर्ष वैशाख १२ को बिनासकारी भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका झण्डै ५२ प्रतिशत पीडितले आवास अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ पाएका छन्। पहिचान गरिएका लाभग्राहीमध्ये ७७ प्रतिशत पीडितसँग अनुदान सम्झौता भइसकेको छ।

                राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार मुख्य प्रभावित ती जिल्लामा अनुदान पाउने लाभग्राहीको संख्या ३ लाख ३१ हजार ९ सय ६४ छ। संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले सोमबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार लाभग्राहीमध्ये अनुदान सम्झौता गरेका २ लाख ७५ हजार ९ सय ६२ पीडितले पहिलो किस्ता पाएका छन्। कुल लाभग्राहीको आधाभन्दा बढी पीडितले अनुदान पाएका हुन्।

                सोमबारसम्म ४ लाख १३ हजार ४ सय ४८ पीडितसँग अनुदान सम्झौता भइसकेको छ । अब १ लाख १८ हजार ५ सय १६ पीडितसँग मात्र अनुदान सम्झौता गर्न बाँकी छ । यद्यपी मन्त्रालयले पछिल्ला केही दिनको तथ्यांक अद्यावधिक गरेको पाईँदैन। तथ्यांक अद्यावधिक गर्ने हो भने अनुदान सम्झौता र पहिलो किस्ता पाउने लाभग्राहीको संख्या अझै धेरै बढ्छ।

सोमबारसम्म ४ लाख १३ हजार ४ सय ४८ पीडितसँग अनुदान सम्झौता भइसकेको छ । अब १ लाख १८ हजार ५ सय १६ पीडितसँग मात्र अनुदान सम्झौता गर्न बाँकी छ । यद्यपी मन्त्रालयले पछिल्ला केही दिनको तथ्यांक अद्यावधिक गरेको पाईँदैन। तथ्यांक अद्यावधिक गर्ने हो भने अनुदान सम्झौता र पहिलो किस्ता पाउने लाभग्राहीको संख्या अझै धेरै बढ्छ।

                भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा ५१ हजार लाभग्राहीलाई पहिलो किस्ता निकासा भइसकेको प्राधिकरण विशेष सम्पर्क कार्यालयका प्रमुख भुवनेश्वर लामिछानेले बताए। ‘सम्झौता र किस्ता निकासामा सिन्धुपाल्चोक सबैभन्दा अघि छ,’ उनले नागरिकसँग भने । मन्त्रालयको विज्ञप्तिमा भने सिन्धुपाल्चोकमा पहिलो किस्ता निकासा पाउनेको संख्या ५ हजार कम देखाइएको छ।

                माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि अनुदान सम्झौता र पहिलो किस्ता निकासाले तीव्रता पाएको हो। प्रधानमन्त्री बने लगत्तै उनले ४५ दिनभित्र सबै लाभग्राहीलाई पहिलो किस्ता उपलब्ध गराउन निर्देशन दिएका थिए। लगत्तै प्राधिकरणले सम्झौता, पहिलो किस्ता निकासा र अनुगमनको एक महिना अभियान नै अघि सारेको थियो।

                सबैभन्दा बढी ५८ हजार ५ सय ३७ लाभग्राही रहेको सिन्धुपाल्चोक अनुदान सम्झौतामा पनि अघि देखिएको छ। सोमबारसम्म यहाँ ७० हजार भन्दाबढीसँग सम्झौता भएको विशेष सम्पर्क कार्यालय प्रमुख लामिछानेले जनाए। भूकम्पको केन्द्र गोरखा पनि अनुदान सम्झौता र वितरणमा अघि देखिएको छ । त्यहाँ ५८ हजार ५ सय ३ लाभग्राही रहेकोमा ४९ हजार ७ सय ५८ सँग सम्झौता गरी ४८ हजार ४ सय ५८ लाई पहिलो किस्ता निकासा दिइएको मन्त्रालयले जनाएको छ।

                दोस्रो बढी प्रभावित जिल्ला दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुली, काभ्रे, रामेछाप, ओखलढुंगा र मकवानपुरमा पनि अनुदान सम्झौता र पहिलो किस्ता निकासाले तीव्रता पाएको देखिन्छ। प्राधिकरणले केही दिनदेखि उपत्यकाको ललितपुरमा समेत अनुदान सम्झौता अघि बढाएको छ । त्यहाँ १ हजार २ सय १८ लाभग्राही पहिचान गरिएकोमा ४ जनासँग सम्झौता हुँदा ६ सय २ गुनासा संकलनन भइसकेको छ । ललितपुरसहित अतिप्रभावित १२ जिल्लाबाट झण्डै १ लाख ६० हजार गुनासा संकलन भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २० भाद्र २०७३ १२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App