१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चण्डिभन्ज्याङ गाविस–६ स्थित चार किलो र पाँच किलोको बीचमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । 

इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारीअनुसार बिहान ६ः३० बजे ठूलो पहिरो खस्दा सडक छेउमा रहेको गोरे गुरुङ र कमल गुरुङको घरमा समेत सामान्य क्षति पुगेको छ ।

पहिरो पन्छाउने काम सुरु भइसकेकाले १० बजेसम्ममा सडक आवागमन खुल्न सक्ने प्रहरीको अनुमान छ । सडक बन्द भएपछि दुवैतर्फ सबारीसाधनको लाम लागेकोे छ । रासस 

प्रकाशित: १९ भाद्र २०७३ ०३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App