४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पत्नी र छोरालाई आगो लगाएर फरार

कोहलपुर नगरपालिकामा एकजनाले श्रीमती र छोरालाई आगो लगाएर फरार भएका छन्। कोहलपुर नगरपालिका–२ कौशिलानगरस्थित शक्ति नगरका भानु विकले श्रीमती गंगा र २ वर्षीय छोरा प्रिन्सलाई आगो लगाएर फरार भएका हुन्।

आइतबार साँझ करिब ६ बजेतिर गंगा र प्रिन्सलाई पेट्रोल छर्केर भानुले आगो लगाएका थिए। गंगाको हात, शरीर र टाउकोको केही भाग जलेको छ भने प्रिन्सको कम्मरभन्दा माथिको भाग जलेको छ। उनीहरूको कोहलपुरस्थित मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। प्रिन्सलाई धेरै आगो लागेकाले उनलाई काठमाडौं पठाउने तयारी भइरहेको छ। आइतबार बिहान श्रीमान् भानु र गंगाबीच झैझगडा भएको थियो। ‘छोरी ज्वाइँले बिहान झगडा गरेका रहेछन्। छोरी (गंगा) घरबाट आफन्तकहाँ गएकी थिई,’ गंगाका बुवा मनी विकले भने, ‘साँझतिर आफन्तसहित घर पुग्नै लाग्दा ज्वाइँले पेट्रोल छर्केर आगो लगाए।’

घर पुग्नै लाग्दा पछाडिबाट भानुले पेट्रोल छर्केर र आगो लगाएका थिए। ‘आफन्तसहित म घरनजिकै पुगेको थिएँ, त्यतिबेला मैले बाबुलाई बोकेको थिएँ,’ गंगाले भनिन्, ‘केही टाढा पछाडिबाट पेट्रोल छर्के र आगो फाल्यो। बाबुलाई धेरै पेट्रोल पर्‍यो र आगो पनि।’ आगो लगाएपछि आफन्त र छिमेकीले आगो निभाएका थिए। ‘छिमेकीले छोरीलाई मात्र देखेर पानी छोरीतिर खन्याए,’ मनीले भने, ‘नातिलाई ढिलो देख्दा उसलाई धेरै आगोले जलायो। आफन्त र छिमेकी नभएको भए ठूलो घटना हुने रहेछ। आफन्त र छिमेकी हुँदा ठुलो घटना भने हुन सकेन।’

प्रकाशित: १६ माघ २०७९ ०३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App