८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

शिक्षक सेवाको परीक्षा दिन हिँडेकी सन्ध्याको दुर्घटनामा मृत्यु भएपछि आमा मुर्छित

रौतहटबाट पोखराको लागि छुटेको रात्रिबस त्रिशुलीमा खस्दा २० जनाको मृत्यु भएको छ। मृत्य हुनेमध्ये एक जनाको शनाखत भएको छ। रौतहट गौर-५, विद्यापति नगरकी सन्ध्या श्रीवास्तव छन्। उनका १२ वर्षीय छोरा सुशान्त श्रीवास्तव घाइते छन्। उनैबाट सन्धयाको पहिचान खुलेको हो।

छोरीको दुर्घटनामा मृत्यु भएको खबरसँगै बाबु-आमा भावविह्ल बनेका छन्। आमा मधु श्रीवास्तव मर्छित परेकी छन्। बुबा विनोद श्रीवास्तवका अनुसार उनीहरु दमौलीमा शिक्षक सेवा आयोगको परीक्षा दिन बिहीबार साँझ बस चढेका थिए। उनीसँगै अन्य चार-पाँच जना रहेको उनले जानकारी दिए। ‍शिक्षक सेवा आयोगको परीक्षा शनिबार ८ बजेदेखि हुँदैछ।

प्रकाशित: १० भाद्र २०७३ ०३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App