८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

बस र तीन माेटर साइकल ठाेक्किँदा २ को मृत्यु

दमौली– आँबुखैरेनी नगरपालिका–७ स्थित मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युतगृह नजिकै आज एउटै बससँग तीन वटा मोटरसाइकल ठोक्किँदा घाइते भएका चारमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा आँबुखैरेनी नगरपालिका–६ का १९ वर्षीय विष्णु राई र सोही नगरपालिका–३ का किरण मगर रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ। राईको भरतपुरस्थित पुरानो मेडिकल कलेज र मगरको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा परी घाइते भएका आँबुखैरेनी नगरपालिका–२ बरादी का १९ वर्षीय मिलन गौली, १६ वर्षीय भिजन गौलीको काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मुग्लिनबाट आँबुखैरेनी आउँदै गरेको ना ६ ख ३९५६ नं को बस र विपरीत दिशाबाट जाँदै गरेका ग ९ प २३०५, ग ९ प १८९७ र ना ४ प ६९०० नं को मोटरसाइकल एक्कासि ठोक्किएका थिए। तीव्र गतिका कारण ती सवारी एकआपसमा ठोक्किएका प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ९ भाद्र २०७३ १२:२७ बिहीबार

बस माेटर साइकल ठाेक्किँदा को मृत्यु