२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

फरार अभियुक्त ९ वर्षपछि पक्राउ

सवारी ज्यान मुद्धाका फरार एकजना अभियुक्तलाई भक्तपुर प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ।  

प्रहरीका अनुसार २०७० जेठ २७ गते दिउँंसो ४ बजे भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १५ चारदोबाटोस्थित ऊँ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को बा. ३ च. ५२७५ नम्बरको एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कास्की घर भई भक्तपुर गठ्ठाघर बस्ने वर्ष ६७ को शिवशरण रेग्मीको मृत्यू भएको थियो।

एम्बुलेन्स चालक सिन्धुपाल्चोक सुनकोशी गाँउपालिका वडा नं. १ बस्ने वर्ष ४२ को इमबहादुर कार्की सो घटना पश्चात हालसम्म फरार रहेका थिए। उनलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ। परिसरका सूचना अधिकृत राजु पाण्डेले प्रहरी वृत्त ठिमी भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको जानकारी दिए।  

प्रकाशित: ११ माघ २०७९ ११:३८ बुधबार

फरार अभियुक्त