१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

फाइल तस्बिर

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ। बुधबार बिहान ११:४५ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो।  

कर्णाली राजमार्ग सडकखण्ड अन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका - ४ राचुलीस्थित बर्षातका कारण पहिरो जाँदा अवरुद्ध सडक अवरुद्ध  भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए। उनका अनुसार जुम्लाबाट नेपालगञ्जतर्फ जाँदै गरेको वाग्मती प्रदेशको जिप  २९५८ नम्बरको गाडी फसेको छ। उक्त गाडीको अगाडिको टायर पहिरोमा परेको हो। 

सडक खुलाउन प्रहरी टोली लागिपरेको छ। राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले सडक खुलाउने तयारी भइरहेको बताए।

प्रकाशित: ११ माघ २०७९ ०८:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App