४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

समूहमा आएका जङ्गली हात्तीले भत्काए घर

भद्रपुर-भद्रपुर नगरपालिका वडा नं २ स्थित एयोफरेस्ट्री सेन्टरको परिसरमा सोमबार साँझ जङ्गली हात्ती प्रवेश गरी करिब रु एक लाख ६० हजार बराबरको सम्पत्ति क्षति गरेको छ ।

तीन समूहमा आएका जङ्गली हात्तीले फलामको ढोका, चौकीदार बस्ने आवासगृह, भान्सा र सोही स्थान बस्ने दलबहादुर लिम्बूको टिनको छानो भएको घर भत्काएको झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।

यसैबीच पूर्वपश्चिम राजगमार्गको कन्काईस्थित पिकअप गाडीमा राखिएको सखुवा काठ ३८.३५ क्युबिक काठ प्रहरीले बरामद गरी जिल्ला वन कार्यालय भद्रपुरलाई सोमबार बुझाएको छ ।

शङ्का लागी खानतलास गर्दा अवैध रुपमा ती काठ ल्याएको पाइएकाले मे१च ३१३२ नंको उक्त गाडी पनि कारबाहीका लागि वन कार्यालयमा बुझाइएको छ । रासस

प्रकाशित: ७ भाद्र २०७३ ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App