१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चितवनमा ठुलो परिमाणमा लागुऔषध सहित चार जना पक्राउ

चितवनमा औषधिजन्य लागुऔषध सहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले चितवनमा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।  

पक्राउ पर्नेमा पर्सा जिल्ला स्थित छिपरमाई गाउँपालिका १का २८ बर्षिय महेश कुमार यादव,  २९ बर्षिय पप्पुप्रसाद यादव, चितवनको कालिका नगरपालिका ४का २४ बर्षिय निर्मल तिमिल्सिना र कालिका ३ का २३ बर्षिय आयुष खनाल रहेका छन्।  महेश र पप्पु माघ ६ गते राप्ती नगरपालिकाबाट पक्राउ परेका हुन्। उनीहरुको साथबाट प्रहरीले लागू औषध डाईजेपाम–१०६ एम्पुल, फेनार्गन –११२ एम्पुल र नुरफिन– ११२ एम्पुलगरी तीन सय तिस  एम्पुल लागुऔषध बरामद गरेको हो। यी दुई जनालाई  जिल्ला अदालत चितवनबाट म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी विजय राज पण्डितले जानकारी दिए।  

तिमिल्सिना र खनाल  माघ ७ गते कालिका नगरपालिका १बाट पक्राउ परेका हुन्। उनीहरुको साथबाट ट्रामडोल प्रतिवन्धित औषधी ट्रामा हाइड्रोक्लोराइड एक हजार ६८० ट्याब्लेट, ट्रामा हाइड्रोक्लोराइड आईपी ५० एमजि तीन हजार ट्याब्लेट, अनार्गन २५ एमजि एक हजार ९४५ ट्याब्लेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उनीहरुलाई  पूर्व सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। यी दुई जनालाई प्रतिबन्धित औषधी सहित आवश्यक कारवाहिको लागि औषधि व्यवस्था विभाग विगञ्जमा पठाईएको पण्डितले जानकारी दिए।  

प्रकाशित: १० माघ २०७९ १२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App