८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

काभ्रे बस दुर्घटनामा २७ जनाको मृत्यु : प्रहरी

बनेपा–सोमबार काठमाडौंबाट काभ्रेको कोसीपारि, मादनकुँडारीलागि गुडेको बस बिर्तादेउराली– खहरे खोलामा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको पष्टि भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार २६ जनाको शव बनेपास्थित शीरमेमोरियल अस्पतालमा राखिएको र एक जनाको शव काठमाडौंस्थित टिचिङ अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।  सो घटनामा ३९ जना घाइते भएको प्रहरीले जनाएको छ। यसअघि सुरक्षा निकायले दिएको जानकारीमा मृतकको संख्या अन्यथा हुन गएकोमा क्षमायाचनासहित सच्याइएको छ।

यसअघि सुरक्षा निकायले दिएको जानकारीमा मृतकको संख्या अन्यथा हुन गएकोमा क्षमायाचनासहित सच्याइएको छ।


काभ्रेको बिर्तादेउरली–९ स्थित खहरे खोलामा सोमबार भएको बस दुर्घटनामा घटनास्थलमा मृत्यु हुनेहरुको नामावली :
१ मादनकुँडारी–८ की ८ वर्षिया एलिशा तामाङ
२  कार्तिकेदेउराली –७ की ३० वर्षिया सिता बर्देवा
३  कार्तिकेदेउराली –३० वर्षिया कुनमाया परियार
४  कार्तिकेदेउराली –१ का ३० वर्षिय उमेश सापकोटा
५  कार्तिकेदेउराली –३ का २८ वर्षि बिष्णु बास्कोटा
६  मादनकुँडारी–९ की ३५ वर्षिया सञ्जा तामाङ
७  कार्तिकेदेउराली –७ का ४७ वर्षिय कृष्ण दमाइ
८  मादनकुँडारी–१ की २६ वर्षिया सुनमाया तामाङ
९  मादनकुँडारी–१ का ४० वर्षिय छविलाल चौलागाँई
१० मेच्छेपौवा–१ की ४६ वर्षिया इन्द्रकुमारी लामा
११  मादनकुँडारी–५ का ५६ वर्षिय निलकण्ठ गौतम
१२मादनकुँडारी–३ बस्ने ७० वर्षका औलकसिं वाइवा
१३  मादनकुँडारी– ३ की ७० वर्षिया माईली तामाङ,
१४  गोठपानी–२ की २१ वर्षिया रेशम विक
१५ कार्तिकेदेउराली –७ का ४७ वर्षिय परशुराम गौतम
१६ कार्तिकेदेउराली –७ का ७३ वर्षिय गोविन्दप्रसाद गौतम
१७  कार्तिकेदेउराली –२ की ४५ वर्षिया सिता गिरी
१८  गोठपानी–१ की ७५ वर्षिया ठुलीकान्छी सुनुवार
१९ मादनकुँडारी–५ का ३६ वर्षिय विनोद गौतम
२०  मादनकुँडारी–६ का ५४ वर्षिय जय भन्ने केशव पाण्डे
२१  कार्तिकेदेउराली –७ का ३६ वर्षिय कृष्णहरि बर्देवा
२२  रामेछाप गुन्सी भदौरे–१ का ५४ वर्षिय लिलानाथ गौतम
२३  मादनकुँडारी–४ की ३० वर्षिया सुष्मा लामा मगर
२४  रामेछाप लखनपुर–१ की ४५ वर्षिया जुनकिरी गौतम
२५  बिर्तादेउरलाी–२ का ६५ वर्षिय कृष्णहरि पाण्डे
२६ कार्तिकेदेउराली –८ की ५० वर्षिया सुशिला शिवभक्ती
र, २७  पोखरीचौरी–७ का रमेश गौतम (शिक्षण अस्पतालमा)
यसैबीच पूर्वप्रधानमन्त्री केपी ओली घाइते भेट्न धुलिखेल अस्पतालमा आएका छ्न । उनले बनेपाको शीर मेमोरियल अस्पतालमा मृतकका आफन्तलाइ भेटेक छन। हिजो घटनास्थलमा पोस्टमार्टम गर्ने भनिएपनि बीमा कम्पनीले मान्यता नदिने भन्दै प्रहरीले शव बनेपामा पोस्टमार्टमलाइ ल्यएको हो। पोस्टमार्टमपछि आफन्तलाइ शव बुझाउने प्रहरीले जनाएकाे छ।

 

प्रकाशित: ३२ श्रावण २०७३ ०७:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App