१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

लोकमानको सम्पत्ति विवरण माग गर्ने पक्राउ

अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सम्पत्ति विवरण माग गर्न भएकालाई प्रहरीले पक्राउ गरेको छ। कार्कीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै डा.गोविन्द केसी अलायन्सका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।

अलायन्स कार्यकर्ताले १५ दिन अगाडि कार्कीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै निवेदन गर्दा गराएको थियो। दुई हप्तासम्म पनि सम्पत्ति विवरण सार्वजनिक नगरेपछि उनीहरु आइतबार अख्तियार पुगेका थिए।

‘हामीले दुई हप्ता अगाडि लोकमानसिंह कार्कीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै आयोगमा निवदेन दर्ता गराएका थियौं,’  मिलन पाण्डेले भने,‘त्यसको केही जानकारी नआएपछि हामी आयोग पुगेका थियौं।’ पाण्डको अनुसार उनीहरुलाई प्रहरीले आयोग परिसरभित्रैबाट नियन्त्रणमा लिएको थियो।

नौं जनालाई प्रहरीले नियन्त्रणमा लिएर डेढ घण्टासम्म गाडीमै राखेका थियो। आयोग पुगेका उनीहरुले सूचना अधिकारीसँग सम्पर्क गर्न खोज्दासमेत प्रहरीले अबरोध गरेको थियो।  डेड घण्टा प्रहरीको भ्यानमा राखेर उनीहरुलाई छोडिएको थियो।

 

प्रकाशित: ३० श्रावण २०७३ ०९:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App