६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

वृद्धभत्ता बुढेसकालको पेन्सन

जेष्ठ नागरिकहरु तानसेनको टुँडिखेलमा धार्मिक महोत्सवमा सहभागी हुँदै तस्बिर: मुक्तिप्रसाद न्यौपाने

पाल्पा–  बुढो कुप्रो परेको शरीर। सेतै फुलेको कपाल । लौरोको साहारामा हिड्नुपर्ने बाध्यता। राम्रोसँग ठम्याउन नसक्ने आँखा। त्यै पनि बाँचुच्जेल संघर्ष गर्नुपर्ने! सरकारले पैसा दियो र गुजारा चलेको छ। ८४ वर्षीया धनसरा भट्टराई सरकारले दिएको रकमबाट गुजारा चलेको बताउँछिन् । हेक्लाङ–९ मा जन्मिएकी उनले वृद्धभत्ताले आफ्नो दैनिकी सञ्चालन गरेको बताइन् । उनी भन्छिन्, ‘बुढेसकालमा पेन्सन छैन, पढ्न सकिएन । काम गर्ने कुरा टाढा भो। वृद्धभत्ता सरकारले दियो पेन्सनकै काम गरेको छ।’ उनले सरकारले चार हजार दियो । नुन, तेल, प्याज यही पैसाबाट खरिद गर्छु । घरमा एक्लै छु। नातीनातिनालाई दानदक्षिणा गर्न समेत सजिलो भएको छ।’

भट्टराइले पटुकीमा बाँधेको एक हजारको नोट देखाउँदै भनिन्, ‘बुढेसकालमा अहिले पाएको वृद्ध भत्तामध्ये जम्मा यत्तिमात्र बाँकी छ, अरु सबै सकियो।’ सामाजिक सुरक्षा भत्ता बुझेर प्रफुल्ल मुन्द्रामा देखिएकी भट्टराईले भनिन्,‘बुढेसकालमा पैसाको मुख देख्ने बाटो बनेको छ । बुढेसकाल लागेर होला काम गर्न पनि सक्दिन । त्यो पैसाको सहयोगले काममा सहायता मिलेको छ।’

जिल्लामा १ हजार ६ सय ४४ जना दलित र ११ हजार ६ सय ८७ जना अन्य वर्गका जेष्ठ नागरिक रहेको जिल्ला विकास समितिका पञ्जिकाधिकारी तुलसीराम कोइरालाले बताए । उनी भन्छन्, ‘जेष्ठ नागरिक, एकल÷विधवा महिला, अपाङ, लोपोन्मुख आदिवासी, दलित बालबालिका गरेर जम्मा २४ हजार ३ सय ५१ जना व्यक्तिहरुले सामाजिक सुरक्षा वापतको सुरक्षण रकम प्राप्त गरे।’

तेल्घा ५, पाल्पाका वीरबहादुर सार्कीले आफू ७७ वर्षको उमेरमा वृद्ध भत्ता प्राप्त गर्दा जीवनलाई सकसबाट मुक्त गरेको बताए । उनी भन्छन्, ‘सरकारले सम्झिएको छ । वृद्ध अवस्थामा सबैको हेला हुनुपथ्र्यो सरकारले रकम दिँदा पनि केही सहज भएको छ।’
नेकपा एमालेका अध्यक्ष देवी बस्याल सामाजिक सुरक्षाले अशक्त अवस्थामा जनतालाई आत्मनिर्भर बनाएको बताउँछन् । उनी भन्छन्, ‘जसलाई साहारा विना बाँच्न गाह्रो भएको छ, उनीहरुका लागि वरदान सावित भएको र आर्थिक रुपमा समाज रुपान्तरणका लागि प्रभावकारी कार्यक्रम बनेको छ ।’

कसेनी गाविसका सचिव रेवतीरमण ज्ञवालीले सामाजिक सुरक्षा भत्ता नगद बोकेर हिड्नुपर्दा समस्या भएको बताउँछन् । ग्रामीण भेत्रमा बैंकहरु समेत छैनन्। अशक्त बुबाआमालाई घरमै पुर्याइदिने गरेको र पट्टा (परिचय पत्र) लिएर आउने नातेदारलाई पनि सो भत्ता दिएर पठाउने गरेको बताउँछन् । उनी भन्छन्, ‘सामाजिक सुरक्षाले जीवनलाई सहजता ल्याउन मद्दत गरेको छ । धेरैले यही रकमबाट गुजारा नै गरेका पनि छन् ।’

सामाजिक सुरक्षणको रकम २०५१ सालबाट प्रदान गर्न थालिएको हो । भत्ताको रकम समयमै गाउँगाउँसम्म पुगन सकेको खण्डमा जीवनको उत्तराद्र्ध, एकल जीपिको पार्जन गर्न परेका महिला र अपांगता भएकाका मानिसहरुलाई सहज हुने लक्षित समूहले बताउँछन् ।
    यस आर्थिक वर्षदेखि सरकारले सामाजिक सुरक्षा भत्तालाई दोब्बर गरेको बजेट वक्तव्य मार्फत् बताइएको थियो ।

 

प्रकाशित: ३० श्रावण २०७३ ०८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App