६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

न्यायाधीश भुवन गिरीलाई कारबाहीको माग गर्दै श्रीमती आरतीले गरिन् प्रदर्शन

कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन भएको छ।

मंगलबार उनकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेकी हुन्। न्यायाधीश गिरीकी श्रीमती आरती गिरी रावलले भने अपराधीलाई कारबाही नगरी न्यायालयको कुर्सीमा राखिरहेको भन्दै तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन भन्दै बिरोध गरेकी छिन्।

गिरीमाथि कारबाही प्रक्रिया अघि नबढेको भन्दै पीडित महिलाले मंगलबार सर्वोच्च अदालत अगाडि कालो कपडा लगाएर कपाल फाल्दै प्रदर्शन गरेकी छिन्। प्रदर्शनमा सहभागी बिनु यादवले आफूहरु धेरै पटक न्यायपरिषदमा गएपनि मुद्धा नै दर्ता नगरेको र पीडितका कुराहरु सुनुवाइ नभएको बताइन्। उनले आफ्ना मागहरु अझै सुनुवाई नगरे बिरोध प्रदर्शनलाई अघि बढाइरहने चेतावनी दिइन्।

उनले आफू काका ससुराबाट पटकपटक बलत्कारकारको प्रयासमा परेको तर अहिलेसम्म पनि मुद्धा पिडकलाई कारबाही हुन नसकेको बताइन्।

उनले भनिन्, ‘न्यायाधीश भुवन गिरी हुनुहुन्छ, उहाँको श्रीमती हो आरती गिरी। हामी धेरै पटक भइसक्यो, न्यायालय धाएको तर प्रक्रिया अघि बढाइदिनुभएको छैन। न्यायका लागि हामीले आत्मदाह गर्नुपर्ने हो। हामी पीडितहरु अब सडकमा उत्रिएर आन्दोलन गर्नेछौँ। म काका ससुरा पर्नेबाट पटकपटक बलात्कारको प्रयास भयो म माथि। उसलाई खोइ सजाय, हामीलाई न्याय दिएको खै।’

त्यस्तै अर्की प्रदर्शन गर्न पुगेकी कृतिका यादवले नेपालको न्यायालयमा न्यायाधीश नै बिक्ने गरेको आरोप लगाइन्। उनले आरोपित गिरीको कम्प्लेन नै न्याय परिषद्ले लिन नमानेको बताइन्। 

प्रकाशित: ३ माघ २०७९ ०७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App