१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

इटालियन पेस्तोलसहित दुई जना पक्राउ

इटहरी– सुनसरीको लौकहीबाट आइतबार राति इटालियन पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको  छ।

भारतबाट फर्कंदै गर्दा प्रहरीले इटहरी वडा नं. २१ का ३७ वर्षीय छेदनलाल चौधरी र ३९ वर्षीय अरविन्द चौधरीलाई पक्राउ गरेको हो। जनपथ र सशस्त्र प्रहरीको संयुक्त टोलीले छेदन र अरविन्दलाई इटालियन पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद घिमिरेले बताए। उनका अनुसार अरविन्दले चलाएको को ७ प ६४१७ नम्बरको मोटरसाइकलको सिट मुनी लुकाई राखेको अवस्थामा पेस्तोल फेला परेको थियो।

प्रहरीले को ७ प ६४१७ र को ४ प ४७७३ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुबैलाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइएको छ। सुनसरीमा २०७२ साउनदेखि अहिलेसम्म ७ वटा हातहतियार तथा खरखजाना ऐनमा मुद्दा चलाइएको छ।  

 

प्रकाशित: २४ श्रावण २०७३ १३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App