६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

प्रहरी सचेतना कार्यक्रम प्रभावकारी

कालिकोटमा प्रहरी सचेतना कार्यक्रम प्रभावकारी बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा प्रहरी सचेतना कार्यक्रम प्रभावकारी भएको बताए।

प्रहरीका अनुसार समुदायमा हुने आपराधिक घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक अग्रसर हुन थालेका छन्। यो कार्यक्रमबाट बालविवाह, बहुविवाह, घरेलु हिंसा, लागुऔषध दुव्र्यसन, दाइजो, छाउपडी, जातीय विभेद, आत्महत्याजस्ता सामाजिक विकृति र विसंगति न्यूनीकरण गर्न निकै प्रभावकारी भएको प्रहरी प्रमुख रिमालले बताए।

कालिकोटका नौवटै स्थानीय तहमा प्रहरीले स्थानीय स्तरसम्मै यो कार्यक्रममार्फत सचेतना जोगाउने काम गर्दै आएको छ। विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा स्थानीयसँग प्रहरीको सम्बन्ध राम्रो भएको प्रहरीले जनाएको छ। यस आधारमा समाजमा प्रहरीसँगको विश्वास बढ्दै गएको पाइएको छ।

कालिकोटमा गाउँ, टोल, समाज, विद्यालय र विद्यार्थीलक्षित सडक सुरक्षा, लागुऔषध दुव्र्यसनी, बालविवाह, बहुविवाह, घरेलु हिंसा, दाइजो तथा छाउपडी प्रथा, जातीय विभेदविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन भएका छन्।

कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले समुदाय प्रहरी साझेदारी कार्यक्रमले समाजमा घरेलु हिंसा, बालविवाह, बहुविवाह, यौन हिंसाका विषयमा सचेतनामूलक कार्यक्रम प्रभावकारी भएको बताए। प्रहरीले सवारी चालकलाई सडकमै शिक्षा दिन र बालविवाह रोक्न विद्यालयमै शिक्षा कार्यक्रम सुरु गरेको छ। साथै सचेतना कार्यक्रमले गाउँमा बालविवाह रोक्न मद्दत पुगेको छ।

प्रकाशित: १ माघ २०७९ ०१:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App