१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सप्तकोसीमा यस बर्षकै उच्च पानीको बहाब, खतराको संकेत रातो बत्ती यथावत

सप्तकाेसी। फाइल तस्बिर

इटहरी–सप्तकोसी नदीमा यस बर्षकै उच्च पानीको बहाव पुगेको छ। एक सातादेखि निरन्तर पानीको बहाव बढ्दो गतिमा भएकाले मंगलबार बिहानको मापन अनुसार २ लाख ७० हजार २०० क्यूसेक पुगेको छ।  पानीको वहाब बढेसँगै अहिले कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३५ वटा ढोका खुल्ला राखिएको छ। कोशी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती दुईवटा बालिएको छ।

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने वितिकै खतराको संकेत रात्तो बती बाल्ने गरिन्छ । एक लाख ५० हजार मात्र पानीको बहाव कटेमा पश्चिम तर्फ  र दुई लाख काटनेवितिकै पूर्व तर्फ खतराको रातो बत्ती बालिने गरिन्छ । पानीको बहाव तीन लाख काटनासाथ मध्यभागमा पनि रातो बत्ती बाल्ने गरिएको छ । कोशीमा ३ लाख पानीको बहाव कटेमा बढी खतरा हुने गर्छ ।

कोशी व्यारेजमा नौं लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता भएपनि  व्यारेज  भन्दा माथिल्लो भागमा वालुवा थुप्रिएका गर्दा तीन लाख कटनासाथ बढी खतरा हुने प्राविधीहरुले बताएका छन् ।  २०६५ भदौ–२ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुदाँ सप्तकोसी नदीले पुर्वी तटबन्ध भत्काएको थियो । त्यतिबेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा चारवटा गाबिसका मानववस्तीमा पसेको  थियो।

 

प्रकाशित: ११ श्रावण २०७३ ०५:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App