१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

१२ वर्षपछि घण्टाघरको सुईले देखायो समय

सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघर क्षेत्र।

वीरेन्द्रनगरस्थित घण्टाघरको घडीको सुई १२ वर्षपछि घुमेको छ।  चीन सरकारको सहयोगमा २०४५ सालमा  निर्माण गरिएको घण्टाघरको घडी १२ वर्षपछि सञ्चालनमा आएको हो।  

घडी निर्माणसंगै १२ वर्षपछि फेरि वीरेन्द्रनगरमा घण्टाघरले पुरानो दिनहरुको याद दिलाउने छ।  अहिले प्रविधिका कारण समय हेर्न अनेक थरिका साधनहरु घरघरा, हातहातमा विभिन्न प्रविधिहरु आएका बेला घण्टाघरको धुन सुन्ने पुराना स्थानीयहरुलाई ती दिनहरु, त्यो समयको यादहरु ल्याउने स्थानीयहरु बताउँछन्।    

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा घडी बन्दबारे आलोचना तिव्र भएसंगै वीरेन्द्रनगर नगर पालिकाको आर्थिक सहयोगमा घडीको निर्माण भउको हो।  १२ वर्षदेखि घडीको सुई रोकिएपछि नगरबासीहरुले नगरपालिकाको आलोचना गर्दै आएका थिए।  सुर्खेतस्थित वीरेन्द्रनगर क्षेत्रको मुख्य भागमा घण्टाघर रहेको छ।  विक्रिएको पुराना घडी हटाएर नयाँ घडी जडान कार्यमा भारतको हैदरावादमा रहेको घडीको एक कम्पनीबाट आवश्यक घडीहरू ल्याईएको हो।  घडी जडान गर्न पनि भारतिय मेकानिकहरु आएका छन्।  करिव दुई हप्ता लगाएर घडी बनाईएको हो।  भारतबाट आएका प्राविधिक टोलीले घटी बनाएर सञ्चालनमा ल्याएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरहरि तिवारीले बताए।  

 घडी सञ्चालनमा ल्याउन वीरेन्द्रनगर नगरपालिकाले करिब १२ लाख खर्चेने छ।  यहाँ चार वटा घडी रहेको छ।  सवै घडी नयाँ राखिनेछ।  १२ वर्ष अघिसम्म घण्टाघरस्थित घडीले प्रत्येक एक घण्टाको फरकमा जति बज्यो त्यती पटक धुनसहित समयको संकेत गर्ने गरेको थियो।  घण्टाघरको सुई बन्द हुँदा सुरुसुरुमा निकै सकस भएका स्थानीयहरु विस्तारै समयसंगै धुन सुन्ने आदत हट्दै गएको बेला फेरी १२ वर्षपछि धुनसहित घडी सञ्चालनमा आएसगै खुसी भएका छन्।  शनिबार दिउँसो २ बजेदेखि धुनसहित घडीले प्रत्येक घण्टामा समयको संकेत दिने छ।  

घण्टाघरका घडी सञ्चालनमा ल्याउन सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा वीरेन्द्रनगर नगरपालिकाले काम सुरु गरेको थियो।  माचारदेखी सामाजिक सञ्जालमा घण्टाघरको बारेमा बहस हुन थालेसंगै सञ्चालनका लागि नगरपालिकासंग समन्वय गरेको सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्षमण कँडेलले बताए।  पहिले घण्टाघर मात्र थियो।  अहिले नगरपालिकाले त्यहाँ पार्क समेत बनाएर भाँडामा दिएको छ।  घण्टाघरकै माथिसम्म पुगेर वीरेन्द्रनगरलाई हेर्न सकिने भएकाले पार्कमा जानेहरुको घुईचो लाग्ने गर्दछ।  कर्णाली प्रदेश सरकारका सवै मन्त्रालय घण्टाघर आसपास छन्।  २०४५ सालमा चिसापानीदेखि सुर्खेत सडक बनाउदाँ चीन सरकारले त्यतीबेला वीरेन्द्रनगरस्थित घण्टाघर पनि निर्माण गरेको थियो।  

प्रकाशित: २३ पुस २०७९ ०८:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App