१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चितवनमा मध्यरातमा औषधि बोकेको ट्रकमा आगजनी

चितवन–नेत्रबिक्रम चन्द नेतृत्वको माओवादी घटकले सोमबार आह्वान गरेको नेपाल बन्दको समय सुरु हुनुभन्दा अघि नै राति साढे एक बजे चितवनमा औषधि बोकेको ट्रकमा आगजनी भएको छ। आगजनीको सन्दर्भमा बन्द आयोजकको कुनै भनाइ सार्वजनिक भएको छैन। त्रास फैलाएर बन्द सफल पार्न बन्द आयोजकहरुले नै ट्रकमा आगजनी गरेको चितवन प्रहरीको अनुमान छ।

‘बन्द आह्वान गरेकाहरु नै यो घटनामा संलग्न छन्’, चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) वसन्त कुँवरले भने। पूर्वी चितवन रत्ननगर निपनी चोकमाना ५ ख ७४३२ नम्बरको ट्रकमा आगजनी भएको हो। बीरगञ्जबाट औषधि बोकेर काठमाडौं जाँदै गरेको ट्रकमा आगजनी भएको एसपी कुँवरले बताए। एक तिहाइ औषधि जलेर नष्ट भएको र ट्रकको अगाडिको भागपनि जलेको प्रहरीको भनाइ छ ।

 

प्रकाशित: १० श्रावण २०७३ ०४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App