१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गोविन्द केसीको समर्थनमा जुम्लामा आन्दोलन सुरू

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा डा. केसीको समर्थनमा कालोपट्टी बाँधेर विराेध गर्दै चिकित्सक ।

 डिवी वुढा

जुम्ला–त्रिवि शिक्षण अस्पताला अनशनरत डा. गोविन्द केसीले उठाएका मागमा समर्थन जनाउँदै जुम्लामा आन्दोलन सुरु भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सकले आन्दोलन थालेका हुन्। पहिलो दिन उनीहरुले हातमा कालो पट्टी बाँधेर विरामीलाई उपचार गरेका छन्।

प्रशासनिक क्षेत्रका कर्मचारीलेसमेत चिकित्सकले सुरु गरेको आन्दोलनमा ऐक्यवद्धता जाहेर गरेका छन्।
अनशनको पन्ध्रौ दिनसम्म सरकारले माग पूरा नगरेको र अनशन टुग्याउन सरकार उदासिन देखिएको भन्दै उनीहरुले आन्दोलन सुरु गरेको जनाएका छन्। उनीहरुले तत्काल डा. केसीका माग सम्बोधन गर्न माग गरेका छन्।

शिक्षण अस्पतालका चिकित्सकले  विज्ञप्ति जारी गर्दै देश र जनाताको निमित्त स्वास्थ्य क्षेत्रको सम्रग विकासमा भइरहेको  विकृति र विसंगतिलाई निस्तेज गर्न ८ औं पटक आमरण अनशन बस्नु पर्ने बाध्यात्मक परिस्थिति सरकार तथा सरोकार निकायाहरुले सृजना गरेको  उनीहरुले जनाएका छन्। ‘हामी यस्तो अवस्थाप्रति घोर आपत्ति प्रकट गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।  आठौं पटकको  अनशनको १५ औं दिन पुग्दासम्म सारकार मौन र बेखवर भन्दै आपत्ति जनाइएको छ।

चिकित्सकले ‘सेभ द गोविन्द केसी’ भन्दै साँझ दिप प्रज्वलन गर्ने भएका छन्। सोमबार विहान १० देखि ११ बजेसम्म एक घण्टा ओपिडी बन्द गर्ने र सुनुवाई नभएमा निरन्तर रुपमा कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन्।

 

प्रकाशित: ९ श्रावण २०७३ ०९:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App