२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

महानगरप्रहरी र ट्राफिक प्रहरीले गरे दरबारमार्ग क्षेत्रको पार्किङ्ग अनुगमन

काठमाडौं महानगरप्रहरी र ट्राफिक प्रहरीले दरबारमार्गको पार्किङ अनुगमन गरेको छ।  

बिहिबार उनीहरुले दरबारमार्गमा रहेको पार्किङ क्षेत्रमा अनुगमन गरेका हुन्।  महानगरप्रहरीका एसपी राजु पाण्डेले दरबारमार्गमा रहेको दरबार महल १, २ र अन्नपूर्ण होटलमा रहेको पार्किङ्गको अनुगमन गरेको बताए।  

उनले अन्नपूर्ण होटलमा पार्किङ्ग गर्न स्पेश रहेको र त्यहाँ १०० वटा सवारीसाधन अटने क्षमता रहेको बताए। अहिले सोहि स्थानमा पे  पार्किङ्गको व्यवस्था गरेको उनको भनाइ छ।  

उनले भने, ‘आफ्नो घरमा बनाएको पार्किङ्ग बिजनेशका लागि दिंदा  व्यवसायीहरुले रोडमा नै पार्किङ्ग गर्न थाले। त्यसले समस्या उत्पन्न भएपछि हामीले सडकमा भएको पार्किङ्ग हटाइएका हौं।’  

काठमाडौं महानगरपालिकाले मंगलबारदेखि दरबारमार्ग क्षेत्रको सडकमा पार्किङ्ग गर्न रोक लगाएको छ। दरबारमार्ग क्षेत्रको बाटो खाली र खुला बनाउन ट्राफिक प्रहरीको समन्वयमा पार्किङ निषेध गरिएको काठमाडौं महानगर प्रहरीले जनाएको छ।

प्रकाशित: २१ पुस २०७९ ०७:४६ बिहीबार

काठमाडौं महानगरप्रहरी