२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

लडेर घाइते भएकी महिलाको मृत्यु

जंगलमा दाउरा संकलन गर्न जाँदा लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ।  

तिला गाउँपालिका-६ घोडेगाउँकी ३० बर्षीया रामपुरा रोकायाको मृत्यु भएको हो। मंगलबार दिउँसो जंगलमा दाउरा संकलन गर्न जाँदा लडेर घाइते भएकी रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए। उनका अनुसार दिउँसो ४ बजे त्यो घटना भएको हो।  

लडेर घाइते भएकी रोकायालाई बुधबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका लागि बुधबार ल्याइएको थियो। चन्दका अनुसार घाइते रोकायालाई डाक्टरले बुधबार बिहान ५ बजे मृत्यु भएको घोषणा गरेको हो।

प्रकाशित: २० पुस २०७९ ०४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App