५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

धनुषामा काकी हत्या आरोपमा भतीज पक्राउ

धनुषामा काकीको हत्या गरेको आरोपमा भतिज पक्राउ परेका छन्। सोमबार विदेह नगरपालिका–७ वेलापट्टी बस्ने ३० वर्षीय कविता देवी साहको हत्या गरेको आरोपमा उनको आफ्नै भतिज पक्राउ परेको धनुषा प्रहरीका प्रवक्ता एंव डिएसपी प्रदीप बहादु क्षेत्रीले जानकारी दिए।

पक्राउ पर्नेमा उनको भतिज २० वर्षीय दिलिप कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाइएको छ। प्रहरीका अनुसार सोमबार साँझ ५ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा अनुहारमा प्रहार गरी कविताको हत्या गरेको छ।

घरमा कोहि नभएको बेला मौकाछोपी दिलिप उनको सुत्ने कोठामा प्रवेश गरी काकीको १४ महिने छोरालाई कुटपिट गरी घाइते बनाइ र काकीको हत्या गरेको हो। हत्या गरेर दिलिपले नै काकीको करेन्ट लागेर मृत्यु भएको छरछिमेकमा हल्ला फैलाइएको थियो।

प्रहरीलाई घटनाको खबर प्राप्त भएपछि प्रहरीको टोली घटना स्थलमा जाँदा मृतकको अनुहारमा गम्भिर चोट लागि रक्तम्य अर्धनग्न अवस्थामा शव फेला परेको थियो। तालिम प्राप्त कुकुरसहित पुगेका प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा दिलिपलाई शंकास्पद अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दिलिपको हातको बुढी औलामा तथा घाटिको भागमा सानासाना निचोरिएको जस्तो दाग देखिएको थियो। उनको शरीर खान तलासि गर्दा उनले लगाएको अन्डरवियर भित्र मृतकले प्रयोग गर्दै आएको मोवाइल बरामद भएको छ। घटनाको समय उनले लगाइएको जिन्स पाइन्ट र भेष्टमा रगत लागेको कपडा आफ्नै घरमा ब्याग भित्र लुकाइ छिपाई राखेको अवस्थामा पेला पारेको प्रहरीले जनाइएको छ।

मृतक कविता श्रीमानसहित तीन छोराछोरीसँगै बस्दै आएकी थिइन्। घटनाको समय कविताको एक छोरी एक छोरा बाहिर खेल्न गएको थिए। उनी १४ महिने छोरासँग घरमा थिइन्। उनको श्रीमान् पनि घर बाहिर थियो एक स्थानीयले बताए। कविताको जेठी छोरी सात र माइला छोरा तीन वर्षका हुन्।

पक्राउ परेको दिलिपमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी अदाललबाट म्याद लिइ थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरीले जनाइएको छ।  

प्रकाशित: १२ पुस २०७९ १३:०७ मंगलबार

हत्या