२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

अनामनगर क्षेत्रको निजी जग्गामा राखेका सवारीसाधन महानगरले उठाएपछि सर्वसाधारण आक्रोशित

काठमाडौं महानगरपालिकाले निजी जग्गामा राखेका सवारीसाधन उठाएर ज्यादती गरेको छ।

आइतबार महानगरपालिकाले काठमाडौंको अनामनगर क्षेत्रमा निजी जग्गामा राखेका सवारीसाधन उठाएर ज्यादती गरेको हो। निजी जग्गा क्षेत्रभित्र राखेका दुई पाङ्ग्रे सवारीसाधन महानगर प्रहरीले उठाएपछि यतिबेला अनामनगर क्षेत्र तनावग्रस्त बनेको छ।

महानगरपालिकाले गरेको ज्यादतीको बिरुद्धमा यतिबेला सवारीसाधन चालकहरु बिरोधमा उत्रिएका छन्। उनीहरुले महानगरपालिकाले एकपटक एउटै र अर्को दिन अर्को निर्णय गरेर आम सर्वसाधारणहरुमाथि ज्यादती गरेको बताए। 

एक सर्वसाधारण राजु श्रेष्ठले महानगरपालिकाले एक लाइन सवारी राख्न पाउने भनेर हप्ता दिनअघि गएको तर अहिले पुनः आएर सवारीसाधन उठाएको भन्दै आपत्ति जनाए। उनले अनामनगर क्षेत्रमा निजी जग्गामा सवारी राख्न नपाउने हो भन्दै प्रश्नसमेत गरे।

त्यस्तै अर्की एक सवारीसाधन चालकले महानगरपालिकाको ज्यादती आम सर्वसाधारणहरुले कहिलेसम्म सहनुपर्ने हो भन्दै आक्रोश व्यक्त गरे। उनले महानगरले जे गरेपनि हुने हो भन्दै प्रश्नसमेत गरे।

सिंहदरबार पूर्वीगेटमा यतिबेला सर्वसाधारण, महानगरप्रहरी र ट्राफिक प्रहरीबीच भनभन छ। सर्वसाधारणहरुले महानगरपालिकाले जनतामाथिको ज्यादती छोड्नपर्ने अडान लिएका छन्।  

  

प्रकाशित: ३ पुस २०७९ ०७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App