६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौंको अधिवेशन सम्पन्न

नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्लाको चौथो अधिवेशन सम्पन्न भएको छ। लखतिर्थस्थित जगतसुन्दर ब्वनेकुथिमा शनिबार आयोजित अधिवेशनले अर्विन्द्रमान सिंहको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रवीण महर्जन प्रजापति र महिला उपाध्यक्षमा विमला मानन्धर चयन भएका छन्। सचिवमा मनोजरत्न शाही, सहसचिवमा शरण डंगोल र महिला सहसचिवमा सुष्मा महर्जन, कोषाध्यक्षमा राजेन्द्र मानन्धर ‘नीलः’ तथा सदस्यमा किचः सिंह, विजयकुमार सिंह, सहयोग रञ्जित, मोनिका मल्ल, सुविन्द्र श्रेष्ठ र उद्धव खड्गी निर्वाचित भएका छन्। अधिवेशनले आगामी वर्षदेखि नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्लाका तर्फबाट २५ हजार रूपैयाँको कँगः अजिमा खोज पत्रकारिता पुरस्कार र १२ हजार रूपैयाँको काठमाडौं नेवा किन्डरगार्टेन शिक्षा पत्रकारिता पुरस्कार एकएकजना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ।  

खोज पत्रकारिता पुरस्कार अर्विन्द्रमान सिंहका तर्फबाट तथा शिक्षा पत्रकारिता पुरस्कार नेवाः किन्डरगार्टेनका संस्थापक निर्देशक राजेन्द्र महर्जनका तर्फबाट प्रदान गरिने छ। यो पुरस्कार नेपालभाषामा खोज पत्रकारिता र शिक्षा पत्रकारिता गर्ने एकएकजना पत्रकारलाई हरेक वर्ष प्रदान गरिने छ। 

प्रकाशित: ३ पुस २०७९ ०२:४१ आइतबार

नेवाः पत्रकार राष्ट्रिय दबू