९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

सर्पको टोकाइबाट एकको मृत्यु

पाल्पा–सर्पको टोकाइबाट पाल्पामा एक जनाको मृत्यु भएको छ। फाक्सिंकोट–६ मा बस्दै आएकी वर्ष १३ की कल्पना नेपालीको सर्पको डसाईबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तुल्सीभञ्याङ–५, स्याङ्जा घर भएकी कल्पना मामाको घरमा बस्दै आएकी थिइन् । शुक्रबार राति सुतिरहेको समयमा विषालु सर्पले टोकेपछि उपचारकालागि उनलाई युनाइटेड मिशन अस्पताल तानसेनमा पुर्याइएको थियो। शनिबार अस्पताल पुर्याएकी उनलाई अस्पतालले मृतक घोषणा गरेपछि शव पोष्टमार्टम गरी परिवारलाई हस्तान्तरण गरिएको छ । १ हजार ३ सय बढी उचाई रहेको उच्च पहाडी क्षेत्र फोक्सिङ्गकोटमा समेत विषालु सर्प भेटिन थालेपछि स्थानीय त्रशित बनेका छन् ।

प्रकाशित: १२ असार २०७३ ०४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App