१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

फरार सूचीमा रहेका नेहाका ससुराले गराए अदालतमा मुद्दा दर्ता

महोत्तरीको नेहा चौधरीले घरेलु हिंसा र दाइजो विरुद्ध श्रीमानसहित ६ जनामाथि मुद्दा दर्ता गराएपछि फरार रहेका नेहाकी ससुरा रामप्रवेश चौधरीले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गराएका छन्।

बिहीबार दिउँसो रामप्रवेश अदालतमा हाजिर भइ यसअघिनै पक्राउ परेका पंकजलाई थुना मुक्त गराउन बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराएका हुन्।

पंकज श्रीमती नेहा चौधरीमाथि घरेलु हिंसा गरेको आरोपमा महोत्तरी प्रहरीले गत मंगलबार रातीनै पंकजलाई आफ्नै घरबाट पक्राउ गरिसकेको छ।

घरेलु हिंसा र दाइजो विरुद्ध नेहाले ससुरा रामप्रवेशसहित ६ जनालाई विपक्षी बनाएकी छिन्। तर श्रीमान् पंकजलाई मात्रै पक्राउ गरिएको छ।

महोत्तरी प्रहरीको फरार सूचीमा रामप्रवेशसँगै उनकी श्रीमती र छोरीहरू छन्। नेहाले फरार रहेका अन्य अभियुक्तलाई पनि पक्राउको माग गर्दै बिहीबार रामगोपालपुर नगरपालिकामा कार्यालय अगाडि प्रर्दशन गरेकी थिइन्।

नेहा चौधरी र कुमारी आमा निहारिका राजपुत नेतृत्वमा रहेका प्रदर्शनकारीबीचहरुले नगरपालिकामा तोडफोड गरेको आरोपमा प्रहरीले नेहा र निहारिकालाई पनि पक्राउ गरेको छ।

नेहा नेतृत्वको प्रदर्शनकारीले नगरपालिकामा पाँच लाख रुपैया  बराबरको क्षति पुर्‍याएको भन्दै रामगोपालपुर नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै नेहा र निहारिबाट सो रकम असुलउपर गराइदिन जिल्लामा प्रशासन कार्यलय महोत्तरीसँग माग गरेको छ।

प्रकाशित: १ पुस २०७९ ०५:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App