४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कस्तो छ आजको मौसम?

हाल तराई भूभागको केही स्थानहरुमा हुस्सु/कुहिरो लाग्नुको साथै देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र वागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। आज राति लुम्बिनी प्रदेशका साथै प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

आगामी २४ घण्टामा तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने  तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

प्रकाशित: २९ मंसिर २०७९ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App