२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मानव अधिकार आयोगका अध्यक्ष मगरद्वारा मानव अधिकारको सम्मान गर्न व्यापारिक घरानालाई आग्रह

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसायी घरानाहरुबाट पनि मानवअधिकार हनन भइरहेकोप्रति इंगित गर्दै मानव अधिकारको सम्मान गर्न आग्रह गरेका छन्।  

उनले व्यवसायिक घरानाहरुबाट पनि मानव अधिकार हनन्का घटना हुने गरेकाले त्यसो हुन नदिने गरी काम गर्न उनीहरु आफैं सचेत हुनुपर्ने तर्क गरे।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष मगरले मानव अधिकार हनन् हुन नदिने काममा खवरदारी गर्न सम्बन्धित पक्ष बढि सक्रिय हुनुपर्ने बताए।  

उनले हरेक क्षेत्रको कानुन बनाएर मानव अधिकार हनन् हुन नदिन सरकार प्रतिवद्ध भएर लाग्नुपर्ने बताए । उनले भने, ‘कुनै पनि किसिमले मानव अधिकार हनन् नहोस् भनेर व्यवसायीहरुले पनि जिम्मेवार हुनु पर्‍यो। उनीहरुले पनि मानव अधिकारको सम्मान गर्नु पर्‍यो। कानुन बमोजिम गर्नु पर्‍र्यो । कानुनभन्दा बाहिर जानु भएन । सरकारले पनि व्यक्तिको मानव अधिकार हनन् भएको छ भने त्यसतर्फ विजनेश हाउसहरु पनि सतर्क हुनु पर्‍यो । हामी सिविल सोसाईटी भईहाल्यौ। मानव अधिकार हनन् हुन नदिन मानव अधिकारबादीहरुले पनि खवरदारी गर्नु पर्‍यो।’

अध्यक्ष मगरले उपभोक्ताको मानव अधिकार हनन् हुन नदिनका लागि सरकारले आवश्यक नीतिगत र कानुनी व्यवस्था गर्न ढिलाई गर्न नहुने बताए। उनले व्यवसायीहरुले मानव अधिकारको सम्मान नगरे कारबाही हुने कानुनी प्रबन्ध रहेको स्मरण गराए।

प्रकाशित: २७ मंसिर २०७९ १२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App