१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

देशभर बढ्यो चिसो, तराईमा हुस्सु कुहिरो

हाल देशभर मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका पश्चिम तथा मध्य तराईतिर केही स्थानहरुमा हल्का हुस्सु-कुहिरो लागेको छ।  

आइतबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ। आज राति लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।  

आगामी २४ घण्टामा देशका तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। 

प्रकाशित: २५ मंसिर २०७९ ०३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App