४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

तापक्रम क्रमिक रूपमा घट्दै, चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन मौसम विभागको आग्रह

हाल देशको पहाडी भू–भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी  भू–भागका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। आज राति प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।  

आगामी २४ घण्टामा तराई भू–भागमा हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

प्रकाशित: २१ मंसिर २०७९ ०३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App