४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

इटहरीमा जबरजस्ती करणी गर्ने चार जना पक्राउ

इटहरीमा एक विवाहित युवतीलाई सामूहिक जबरजस्ती करणी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले इटहरी वडा नं. १० का २५ वर्षे विकास चौधरी, सोही ठाउँका २८ वर्षे मुकेश चौधरी, २० वर्षे धिरज चौधरी र ३१ वर्षे सरोज चौधरीलाई पक्राउ गरेको हो। पक्राउ परेका चारै जनाको समूहले वैशाख २७ गते राति गाउँमा भएको विवाहमा पुगेर फर्कदै गरेकी युवतीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

पक्राउ पर्नेको समूहले ती युवतीलाई जबरजस्ती करणी गरेपछि ‘घट्ना बारेमा कसैलाई सुनाएमा युवती तथा युवतीको परिवारका सदस्यलाई मारि दिन्छौ’ भनी धाक धम्की दिएका थिए। इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार डर–त्रासकै कारण ढिलो गरि पीडितले उजुरी दिएको खुलेको छ। उजुरी दिनासाथ सबैलाई पक्राउ गरि अनुसन्धान थालिएको खड्काले बताए। उजुरी दिन प्रहरी कार्यालयमा पीडित युवती आउँदा कुनै असुरक्षा हुन नदिने प्रहरीले बताएपछि उजुरी दिएको खुलेको छ। पक्राउ परेका विरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरिएको छ।  डर, त्रास, धाक–धम्की, अनुचित प्रभाव, शरीर बन्धक राखेर वा होस् नभएको अवस्थामा कोही महिलामाथि जबरजस्ती गरिन्छ भने त्यसलाई नै जबरजस्ती करणी मानिन्छ।  

जबरजस्ती करणीका घटना सुनसरीमा वर्षेनी उकालो लाग्दो छ। समाजमा बढ्दै गएको दण्डहिनता, कानुन हातमा लिने प्रवृति र अपराधको राजनीतिकरणले गर्दा महिलामाथि हुने जबरजस्ती करणीका घटनाहरू उकालो लागेको प्रहरीले जनाएको छ। 

प्रकाशित: १९ मंसिर २०७९ १३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App