४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

चितवनमा खाग नभएको गैंडा मृत भेटियो

फाइल तस्बिर

चितवनमा खाग काटिएको अवस्थामा गैंडा मृत भेटिएको छ। वन डिभिजन कार्यालय भरतपुरका अनुसार कालिका नगरपालिका–१ स्थित चतुरमुखी सामुदायीक वनमा गैंडा भेटिएको हो।

वनमा सडेको अवस्थामा गैंडा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख लोकराज नेपालले जानकारी दिए। उनका अनुसार गैंडाको खप्पर र हड्डी मात्रै भेटिएको छ। खाग काटिएको हुन सक्ने भन्दै परीक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा पठाइएको नेपालले जानकारी दिए। उनका अनुसार गैंडाको हाडखुर मात्रै भेटिएको थियो।

गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने कार्यालयको आशंका छ। तर, पोस्ट पाटम पछि मात्रै मृत्युको कारण खुल्ने राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख बालकृष्ण लामिछानेले जानकारी दिए। भोलीसम्म रिपोर्ट आउने उनले बताए। खुर भेटिएपनि खाग नभेटिएको छैन। बर्खाको समय सकिएर हिँउद सुरु हुँदा मृत गैंडा छिटो सड्ने गर्दछ। उनका अनुसार ४ महिनामै छाला सडिसकेको हुन्छ। त्यसपछि खाग र हड्डी सड्ने उनले बताए। तर, यति छिटो समयमा खाग सड्ने बेला नभएको उनको भनाइ छ।

गस्तीका क्रममा डिभिजन वन कार्यालयका कर्मचारीले मृत गैंडा फेला पारेका थिए। चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा गस्ती कम हुँदै जाँदा गैँडा मरेको जानकारी ढिला गरी मात्रै प्राप्त हुन थालेको छ। चितवन राष्ट्रिय निकुञ्जमा यो वर्ष दुई वटा गैंडा मरेका छन्। एउटा करेन्ट लागेर मरेको थियो भने, एउटा गैंडाको बच्चा जंगलमा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।  

प्रकाशित: १८ मंसिर २०७९ १२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App