१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

तातोपानी धारामा नुहाउन आउनेको घुइँचो

जुम्लामा दिन प्रतिदिन चिसो बढ्दै गएपछि स्थानीयहरू चिसो छल्न तातोपानी धारामा नुहाउन जाने गरेका छन् । मंसिर महिना लागेसँगै तातोपानी धारामा नुहाउने मानिसको घुइँचो लाग्न थालेको हो ।अहिले तातोपानी गाउँपालिका (२ जर्मीमा अवस्थित तातोपानी पोखरीमा नुहाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । 

पछिल्लो समयमा तातोपानीमा नुहाउन आउनेहरूका लागि धारा व्यवस्थित गरिएको छ । नुहाउन व्यवस्थित बनाउन टिकट काटिएको तातोपानी पर्यटकीय विकास केन्द्रले जनाएको छ । केन्द्रका अनुसार धारामा नुहाउन आउने जिल्लावासीलाई ३० रुपैयाँ र जिल्ला बाहिरसँग ४० रुपैयाँ शुल्क लिने गरिएको हो ।चिसोको समयमा तातोपानी धारामा झन्डै १ सय देखि २ सयसम्म मासिन नुहाउन आउन गरेको स्थानीय रामकृष्ण न्यौपानेले बताए। कार्तिकको दोस्रो सातादेखि नै कुण्डमा नुहाउन आउनेको भीड लागेको हो। उनले भने अहिले धारामा नुहाउन आउनेहरूको लुगा र सामान राख्न लकरको व्यवस्थासमेत गरिएको छ । महिला र पुरुषका लागि नुहाउने धारा छुट्टाछुट्टै छन्। उनका अनुसार मानिस विभिन्न चर्मरोग निको पार्ने विश्वासमा पनि तातोपानीमा नुहाउन आउने गरेका छन्। 

तातोपानी पर्यटन विकास केन्द्र जुम्लाले नुहाउन लागि तालिका बनाएको छ।बिहान ५ वजे देखि बेलुका ८ सम्म मात्रै नुहाउने प्रबन्ध मिलाइएको छ। रातिको समयमा बन्द गर्ने गरेको छ। झैझगडा र अनावश्यक होहल्ला हुने भन्दै यो मापदण्ड बनाइएको हो। यदि कोहि कसैले अटेरी गरेर गेट अथवा पर्खालबाट भित्र गएको पाइएमा नियम बमोजिम कारबाही गरिने निर्णय गरेको छ। 

स्थानीय दशरथ चनाराले चैतसम्म तातोपानी धारामा नुहाउनेहरूको भीड लाग्ने बताए । सौख, मनोरञ्जन र विभिन्न रोग सन्चो गराउन मानिसहरू तातोपानीमा नुहाउन आउँछन्।तातोपानी समुद्र सतहदेखि २ हजार ६ सय मिटर उचाइमा अवस्थित छ । तातोपानी जिल्ला सदरमुकाम खलंगाबाट झन्डै ८ कोष पश्चिममा पर्छ । तातोपानीको पोखरीमा ३र४ घण्टा डुबुल्की मारेर नुहाउँदा छालामा घाउ खटिरा आउने, पेटका रोगहरू निको हुने तथा हाडजोर्नी दुख्नेजस्ता समस्या हटेर जाने गरेको जनविश्वास छ । नुहाएपछि खाइन उठ्न्या, छालामा केही रोग भए फाल्छ। पानी खायो भने ग्यास्ट्रिक चट हुन्छ। रागन (बाथ)तातोपानीमा नुहाएपछि ठिक हुन्छ।जिल्ला बाहिरबाट समेत जाडोको समयमा धेरै मान्छेहरु तातोपानीमा नुहाउनका लागि आइरहेका छन्। कालिकोट, मुगु लगायतका ठाउँबाट बढी आउने गरेका छन्। पछिल्लो समय जुम्ला, रारा लगायतका ठाउँमा घुम्न आउने पर्यटकहरु समेत नुहाउनलाई तातोपानी पुग्छन्।

प्रकाशित: ११ मंसिर २०७९ ०२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App