२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गुल्मीमा जिप दुर्घटना: ५ जनाको मृत्यु, चारजना घाइते

गुल्मीको सत्यवतीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छभने चारजना घाइते समेत भएका छन्।

सत्यवति गाउँपालिका ३ ठूलो लुम्पेकबाट कुटडाँडातर्फ जाँदै  गरेकाे लु २ च ५३४० को जिप राति साढे २ बजेतिर ब्रेक फेल भई दुर्घटना भएको हो।

दुर्घटनामा परि मृत्यु हुनेमा जिप धनी सत्यवति(३ कुटडाँडाका ५१ वर्षीय झलक सोमै, सोहि स्थानका ५५ वर्षीय टीका राहाडी, ४७ वर्षीय रनबहादुर सिंजाली, ३० वर्षीय मिलन तरामु र ४३ वर्षीय जमुना सोमै रहेका छन्।  

त्यस्तै घाइते हुनेहरूमा ३३ वर्षीय कार्बोलिन सोमै, ३२ वर्षीय चेतमान सिंजाली, ४९ वर्षीय वीरबहादुर राहाडी र १७ वर्षीय खण्डन सोमै रहेका छन्।

प्रकाशित: ७ मंसिर २०७९ ०३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App