१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

धनुषामा ६२ प्रतिशत मत खस्यो

धनुषामा प्रतिनिधि तथा प्रदेशसभा सदस्यको लागि भएको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको निर्वाचनमा धनुषाको चारवटै क्षेत्रमा ६२ प्रतिशत मतदाताले मतदान गरेका छन्।

यद्यपि यसमा तलमाथि हुनसक्ने धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए। उनले भने ‘अहिलेसम्म मतपेटिका ढुवानी सम्पन्न नभएको र धनुषाको चारवटै निर्वाचन अधिकृतबाट अन्तिम तथ्यांक प्राप्त भएको छैन।’

उनले जिल्लाभरिमा शान्तिपूर्ण र व्यवस्थित रुपमा मतदान सप्पन्न भएको जानकारी दिए। उनले भने, ‘हामीले सुरक्षा व्यवस्था कडा बनाएका थियौं। मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारीसाधन मतदान स्थलमा राखिएको छ अब केहीबेरपछि ढुवानी सकिनेछ।’

चारवटै निर्वाचन क्षेत्रको छुट्टाछुट्टै स्थानमा मतगणना ठाउँमा हुनेछ।  क्षेत्र नम्बर(१ को धनुषाधाम नगरपालिकाको धनुषाधाममा, क्षेत्र नम्बर-२ को बिदेह नगरपालिकाको तिनकौरियामा , क्षेत्र नम्बर(३ को जनकपुरधाम उपमहानगरपालिकाको-३ निधिभवनमा र क्षेत्र नम्बर-४ को क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा मतगणना हुने धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए।  

मतगणना स्थलमा मतपेटिका पुगेपछि आजै रातिदेखि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए।

प्रकाशित: ४ मंसिर २०७९ १४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App