७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मोरङमा ३४ प्रतिशत मत खस्यो

मोरङमा हालसम्म ३४ प्रतिशत मत खसेको छ। प्रदेश निर्वाचन कार्याय मोरङका प्रुमख लेवन कश्यप अधिकारीका अनुसार हालसम्म मोरङमा ३४ प्रतिशत मत खसिसकेको जानकारी दिए।

मोरङमा ७ लाख ३५ हजार ५ सय २५ जना मतदाता रहेका छन्। जसमा ३ लाख ६१ हजार १ सय ९३ जना महिला र ३ लाख ७४ हजार ३ सय २६ जना पुरुष छन्। मोरङमा ३ सय ६ स्थायी र २ वटा अस्थायी मतदान स्थल  छन्। 

यस्तै ८ सय ३९ स्थायी र २ वटा अस्थायी मतदान केन्द्रहरू छन्। निर्वाचनका क्रममा गम्भीर घटना नभएको र सबै मतदान स्थल तथा  केन्द्रहरूमा मतदान भइरहेको अधिकारीले जानकारी दिए।

प्रकाशित: ४ मंसिर २०७९ ०८:२९ आइतबार

आम निर्वाचन २०७९