२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

फर्जी मत खसाल्न खोज्ने दुईजना प्रहरी नियन्त्रणमा

कालिकोटको नरहरिनाथ गाउपालिका(८ को मंगलासैनी मदतदान केन्द्रबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा  लिएको छ।

मतदान केन्द्रमा दुईपटक फर्जी मत हाल्न गएका दुईजना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको कालिकोटका प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले जानकारी दिए।

रिमालका अनुसार उनीहरू फर्जी मत खसाल्न गएका थिए। यस्तै मतदानमा खटिएका एकजना कर्मचारीले मदिरा सेवन गरेको थाहा पाएपछि निलम्बनमा परेका छन्। उनको स्थानमा अर्को कर्मचारी खटाएको छ।

प्रकाशित: ४ मंसिर २०७९ ०६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App