४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

भूमि विधेयक पास गराउन यादवसँग सहकार्यको प्रस्ताव

चर्चामा रहेको भूमिसम्बन्धी विधेयक संसदबाट ‘फाष्टट्रयाक’ मा पास गराउने नीति अनुसार सरकारमा रहेका दुई ठूला दल कांग्रेस–एमालेले उपेन्द्र यादवको साथ खोजेका छन् । 

गत बुधबार दफावार छलफलको कार्यसूची रहेको विधेयकलाई कांग्रेसका केही सांसदहरुको विरोधका कारण फिर्ता गर्नुपरेपछि यतिबेला सत्ता  साझेदार दलका शीर्ष नेताहरूले यादवको साथ खोजेका हुन् । कांग्रेसका सांसद विश्वप्रकाश शर्माले तथा जसपाले संसद्‌मा टेबुल भएको विधेयकबारे सामाजिक सञ्जालमै असन्तुष्टि जनाएपछि बुधबार कार्यसूचीबाट हटाइएको थियो । 

सरकारमा सहभागी नभएका जनता समाजवादी पार्टीका अध्यक्ष यादवलाई सोही विधेयकको विषयमा सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुराकानी गरेका थिए । त्यसक्रममा ओली देउवाले सरकारलाई दिएको समर्थन फिर्ता नगर्न पनि आग्रह गरेका थिए ।  सोमबार साँझ प्रधानमन्त्री निवासमा  एक घण्टा बढी चलेको बैठकमा प्रधानमन्त्री ओलीले भूमि विधेयक ढिलो गर्दा नकारात्मक सन्देश जाने भन्दै यादवलाई साथ दिन र प्रतिपक्षी भूमिकामा नरहन आग्रह गरेका थिए ।

‘भूमि विधेयकलाई देखाएर दलहरूबीच खेल्न खोज्ने क्रम बढ्यो । तपाईं जिम्मेवार भइदिँदा यो खेलकुद सकिन्छ, यसबाट सहकार्य गर्ने वातावरण पनि बनाम,’ प्रधानमन्त्री ओलीको भनाई उदृधत गर्दै छलफलमा सहभागी एक नेताले भने । छलफलको सुरुमै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले यादवलाई सहकार्यको प्रस्ताव गरेका थिए । प्रधानमन्त्री ओलीका साथै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सहकार्यको प्रस्ताव गरेका थिए ।  सहकार्यको प्रस्तावमा यादवले आफ्नो दलले उठाएका केही विषयलाई साथ दिन आग्रह गरेका थिए । तर विषय के हुन भन्ने बारेमा गोप्य राखिएको छ । 

असार ८ गते बसेको कार्यकारिणी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, संसदीय दलको बैठकबाट फिर्ता लिने निर्णय भइनसकेकाले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले यादवलाई बालुवाटार बोलाएर सम्झाउने प्रयास गरेका थिए । 

बालुवाटारको छलफलमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, कांग्रेस सभापति देउवा, जसपा नेपालका अध्यक्ष यादव, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, एमाले महासचिव शंकर पोखरेल, गृहमन्त्री लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकिशोर यादव सहभागी रहेका थिए ।

प्रकाशित: ३१ असार २०८२ १३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App